परजिवि बाट पशुपन्क्षीमा लाग्ने रोगहरु (आन्तरिक तथा वाह्य परजिवि) भाग १

परिचयः

  • परजिवि भन्नालेआफु बाच्नको लागी अर्कामा (Host मा) निर्भर हुने जिव बन्ने बुझिन्छ ।
  • Parasites शब्द Latin भाषा “Parasitus” बाट आएको हो जस्को अर्थ अर्काको टेवामा बसेर खाने भन्ने बुझिन्छ ।
  • परजिविको सम्पूर्ण अध्धयन गर्ने विषयलाई Parasitology गनिन्छ ।

आश्रयदाता(Host)

  • परजिवि हरुले बाच्नको लागी आश्रय लिने जिवलाई आश्रयदाता भनिन्छ ।
  •  सामान्यतया परजिवि भन्दा आश्रयदाता ठुला हुन्छन ।

आश्रयदाताको प्रकार – २ प्रकारका  

१) प्रमुख आश्रयदाता (Primary / Final/Definitive hosts)

  • वयस्क परजिविले आश्रय लिने र यौन प्रजनन् (sexual reproduction) पुरा हुने आश्रयदाता।
  • जस्तैः नाम्ले जुकाको लागी प्रमुख आश्रयदाता, गाई, भैसी, भेडा, बाख्रा आदि हुन ।

२) मध्यस्थ आश्रयदाता (Secondary, or Intermediate host)

  • परजिविको लार्भा विभिन्न चरणहरुको विकास हुने र अलैङगिक प्रजनन् (asexual reproduction) पुरा हुने आश्रयपाता ।
  • नाम्ले जुकाको लागि मध्यस्थ आश्रयदाता शंखे किरा हो।

जिवन चक्र(Life cycle)

  • परजिविको विकासका विभिन्न चरणहरु र प्रजनन् प्रकृया पुरा गरी व्यस्क हुने प्रक्रियालाई जिवन चक्र भनिन्छ ।

जिवन चत्रको प्रकार – २ प्रकारका  (Types of life cycle-2 types)

1) Direct Life cycle

  • परजिविले एउटै आश्रयदाता आफ्नो जिवन चक्र पुरा गर्छ भने त्यस्तो जिवन चक्र direct जिवन चक्र हो।
  • प्रयाजसो गोलो बुढाको जिवन चक्र Direct हुन्छ ।

2) Indirect life cycle

  • परजिनिले बाफ्नो जिवन चक्त पूरा गर्न पूई ला सो भन्दा बढि आश्रयदाताको भावस्यका पर्छ भने व्यस्तो जितन रात्र।
  • प्राय जसो नोप्तो जुता र फित्ते जुकाको जिवन चक्र Indirect हुन्छ।

दुई प्राणिहरु साथमा रहने अवस्था (Association) लाई २ भागमा बाँड्न सकिन्छ।

१) Symbiosis:- अत्यन्त घनिस्ट सम्बन्ध ।

  • यदि एउटा प्राणि अर्को बिना बाच्न सक्दैन भने त्यस‌लाई Symbiosis भनिन्छ ।
  • यस‌मा परजिवि र Host कसैलाई पनि नोक्सानी हुदैन।
  • यसमा दुबैलाई फाइदा हुन्छ ।

२) Commensalism:– कहिले काँहि फाईदा उठाउने किसिमको सम्बन्ध।

  • यस अवस्थामा परजिविहरु  स्वतन्त्र रुपमा बाँच्न सक्दछन् तर कहिले काँही यदाकदा फाईदा लिने गर्दछन।
  • यसमा एउटालाई फाईदा पुग्ने र अर्कोलाई फाईदा वा घाटा केहि नहुने हुन्छ ।

) Parasitism:-

  • यदि परजिविले host बाट फाईदा लिई host लाई सधै नोक्सानी मात्र गर्छ।
  • Host विना परजिविको जिवन चक्र पुरा हुन सक्दैन भने व्यस्तो सम्बन्ध लाई Parasitism भनिन्छ ।

परजिविका प्रकार – २ प्रकार (मुख्यतया)

संक्रमणको आधारमा

  1. आन्तरिक प्ररजिवि (Internal parasites/Endo parasites)
  2. बाह्य परजिवि (External parasites / Ecto parasites)

आश्रयदाता (Host) मा बस्ने समय र अवस्थाको आधारमा

Temporary Parasite

Permanent Parasite

Facultative Parasite→ अवसरवादि

Wandering Parasite →फिरन्ते परजिवि

Obligatory Parasite

Previous Post